Friday, 30 March 2018

 

Oxalis Corniculata - life with herbs (चरी अमिलो)

नेपाली नाम       : चरीअमिलो
English Name  : Oxalis Corniculata

चरी अमिलो एक अमिलो स्वाद भयको जडिबुटी हो। यो गाउघरहरुमा सजिलै पाउन सकिन्छ। यो जडिबुटीको पात अमिलो हुने गर्दछ। यस्लाइ बारी
वा खेतको डिलहरुमा चउरहरुमा पाउन सकिन्छ। यो पश्चिम नेपालको धेरै भागहरुमा पाइन्छ र स्थानियो बोलीचालीको भाषामा चरीअमिलो नामलो चिनीन्छ । चरीअमिलो को हरियो पातको रसले एण्टिसेप्टिक र एण्टीवायोटिक को काम गर्दछ ।

औषधिको रुपमा प्रयोग गर्ने बिधी

धतुरोको बिष/रक्सिको नसा उतार्न - चरिअमिलो लाइ सफागरी थिचेर रस निकाली पानी सग मिसाउ पिउनाले सरिरमा पसेको बिष कम हुदै जान्छ
गानुगोला, ग्याष्ट्रिक, अपच, कलेजोको रोग, महिलाहरुको महिनावारी गडबडी, झाडापखला, आउ परेको, मुटुरोग यस्ता किसिमका रोगहरुलाइ कम गर्नको लागी पनी चरिअमिलो लाइ सफागरी थिचेर रस निकाली पानी सग मिसाउ पिउनाले राहात तथा कम गर्न र निको पार्न मद्दत गर्दछ।
छाला तथा अनुहारको सौन्दर्य बढाउन, घाउ, चर्मरोग, नेत्ररोगमा चरिअमिलोको रस लगाउनुको साथै यसको रस निकाली पानीसग मिलाएर पिउनाले यस्ता किसिमका रोगहरुलाइ फाइग गर्नुका साथै निको पनी पार्दछ।
Share:

1 comment: