Saturday 14 September 2019

 

असुरोको औषधीय गुणहरू ||Life with herbs||


असुरो - परिचय
असुरो नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटो, बन जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउहरुमा पाइन्छ । असुरोको बुटा प्राय: १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको टुप्पा चोसो
परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ।
   असुरो सजिलै पाइने जडीबुटी हो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ। असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। जस्तै श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न, असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा
पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ। त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।
असुरोको औषधीय गुणहरू
रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ।
नोट : तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

Share:

Saturday 15 December 2018

 

ल्वाङको फाइदाहरु-life with herbs


नेपाली नाम          : ल्वाङ
English Name  :  cloves

आयुर्वेदीक पद्दतीमा ल्वाङ निकै महत्व रहेको आयुर्वेदीक औषधी हो।
यसलाई विभिन रोगहरुको घरेलु उपचारमा प्रयोग गर्ने गरिन्छ साथै ल्वाङलाइ विभिन्न खालका औषधीहरु बनाउनको लागी पनी प्रयोग गर्ने गरिन्छ। यसलाइ जडिबुटीको रुपमा मात्र नभइ मसलाको रुपमा पनी प्रयोग गर्छौं। यसले खानाको स्वादलाई बढाउने काम गर्छ। ल्वाङमा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ। ल्वाङमा इजेनल नामक तत्व पाइन्छ। यसले सरिरमा गर्मी दिन्छ। यसले सर्दीको समस्या भयकाहरुलाइ राम्रो गर्ने गदर्छ। दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ खाने बानी गर्नाले पाचनक्रियामा समेत राहत दिन्छ। हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा ल्वाङ को उपयोग गर्न सकिन्छ। ल्वाङको सेवन गर्नाले एसिडिटीको समस्या भयकाहरुलाइ पनी ठिक हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत ल्वाङ सेवन गर्नु फाइदाजनक नै छ। त्यसैले समग्रमा यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ। ल्वाङ सेवनवाट हुने फाइदाहरु यसप्रकार रहेका छन्।

ल्वाङको औषधीय गुणहरु

-दुईतीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाइराख्दा सास गन्हाउने
समस्याबाट मुक्ति पाउन सकिन्छ।
-- एक चम्चा कागतीको रसमा 2/3 वटा ल्वाङ पिसेर त्यो मिश्रण दाँतमा लगाउदा दाँतको दुखाइ बिस्तारै ठिक हुन्छ।
-दुई तीनवटा ल्वाङलाई हल्का भुटेर मुखमा राखेर चुस्दा मुखको घाउ निको हुन्छ।
-तोरीको तेलमा केही ल्वाङलाई पिसेर मिसाउने र गर्धनको मसाज गर्दा गर्धन दुख्ने समस्या बाट मुक्ति मिल्छ।
-ल्वाङमा भिटामिन ए अधिक मात्रामा पाइने हुदा आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।
-10/12 वटा ल्वाङ एक लिटर पानीमा उमालेर मनतातो भइसकेपछि त्यो
पानी पिउदा रुघा र ज्वरो बिस्तारै ठिक हदै जान्छ।
-एक कप उमलिएको पानीमा दुइतिन वटा ल्वाङ पिसेर हाल्ने र पानी चिसो भएपछि पानी पिउदा ग्यासको समस्याबाट राहत पाउन सकिन्छ।
-दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ्ग खाने बानि गर्नाले पाचनमा समेत राहत दिनुका साथै सर्दीको समस्या समाधान गर्छ। साथै
--लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत,सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक लङ्गको सेवन फाइदाजनक छ । ल्वाङ्ग सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ। दैनिक ल्वाङ सेवन गर्नाले सरिर स्फुर्त हुन्छ।

Share:

Saturday 1 December 2018

 

शिलाजीत-life with herbs


शिलाजीत / Shilajit

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो। गर्मीको
मौसममा हिमाल तथा पहाडमा रहेका ठूला ठूला पत्थरे ढुंगाको कापबाट धातुको अंश पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ। आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा पनी गरिएको छ र यसलाई जडीबुटीहरूको राजा पनी मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीतको महत्व रोगी ब्यक्ती हरुको लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि उत्तीकै महत्व छ । यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन। शिलाजीतको स्वाद तातो हुन्छ र सुक्दाखेरी गहुत/गोमत जस्तो गन्ध आउँछ। शिलाजीतको मुख्य उद्देश्य शरीरलाई
बल दिएर स्वस्थ
, शक्तिशाली र पुष्ट बनाउनु हो। शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ। उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।


शिलाजीतको औषधिय आयुर्वेदक गुणहरु
 - मधुमेहका विरामीले शिलाजीतको नियमीत सेवन गर्दा धेरै लाभ
गर्दछ।
-   - कुनैपनि पिसाव सम्वन्धी समस्याहरुमा शिलाजीतको प्रयोग गर्न सकिन्छ।
-   - बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोडीमा पनि शिलाजीतको प्रयोग गर्न सकिन्छ ।
-   - यौन दुर्बलता वा यौन क्षमता कमजोर छैन भने पनी शिलाजीतको सेवन गर्दा राम्रो नै हुन्छ। किनभने शिलाजीतको साइड इफेक्ट गर्दैन।

शिलाजीतको सेवन यस्तो अवस्थाहरुमा प्रयोग गर्नु हुदैन

-   - पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।
-   - शिलाजीतको सेवन गर्दा रातो खुर्सानी,  तातो खाना र पेयपदार्थ,  मसालेदार भोजन,  मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।


Share:

Saturday 3 November 2018

 

मह कसरी सेवन गर्ने-life with herbs


मह Honey

नियमीत महको सेवनले शरिरमा धेरै किसीमका फाइदाहरु हुन्छ।
किनभने मौरीले विभिन्न वनस्पतिको परागसेचन बाट मह बनाउदछ। त्यसैले होला विज्ञहरु अलग अलग वनस्पती बाट प्राप्त भयको महको अलग अलग किसीमकै फाइदाहरु हुने बताउछन्। खेतवारी वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह राम्रो हुन्छ साथै वसन्त ऋतुमा पाइने वनस्पतिको परागबाट बनेको मह सबैभन्दा राम्रो हुने गर्दछ। महले सधैभरी राम्रो गर्दछ जति पनी जसरी पनी खान सकिन्छ भन्ने चाही कदापी होइन। हुनत कुनै पनी खानेकुराहरु चाहिने भन्दा वढि भयमा यसले नकरात्मक असर गर्ने गर्दछ। त्यस्तै महलाइ पनी चाहिने जती परिमाण मिलायर प्रयोग गर्न जानियन भने यस्ले पनी केहि हानी गर्दछ। महलाइ कसरी खाने कती खाने वा के सग खान हुन्छ र के सग मिसाइ खान हुदैन यस्को जानकारी निम्न अनुसार छ।

मह सेवन बाट हुने फाइदाहरु

- मह र कागतीको रस बराबर सेवन गर्नाले सुख्खा खोकि ठिक
  हुदै जान्छ।
- गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले  कब्जियतको समस्यालाइ राम्रो गर्दछ।
- अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सन्चो हुनुका साथै बाडुली लागेको पनी ठिक हुन्छ।
- बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग गर्नाले वान्दा रोकिन्छ।
- जोण्डीसको रोगिहरुलाई पाकेको आँपको रसमा मह मिसाएर खुवाउनाले लाभ हुन्छ।
- सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी सग पिउनाले हृदयमा शक्तिको संचार हुन्छ।
- मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउनाले त्वचा हटाउदै लैजान्छ।
- एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर जान्छ साथै शरिर पुष्ट र बलियो हुन्छ।
- मह र प्याजको रस बराबर मिसाएर चाट्नाले कफ निको हुन्छ।
- उच्च रक्तचापमा मह र लसुन मिसाइ सेवन गर्नु लाभप्रद हुन्छ।

महका साथ यि खानेकुराहरु खानु हुदैन।

- पानी वा दूधमा मह बराबर मात्रा मिलाइ खानु हानिकारक
हुन्छ।
- चिनी र मह मिसायर खानु विष सरह नै हुन्छ।
- माछा, मासुसित मह खानु विष सरह हुन्छ।
- घिउ तेल, र नौनीसित मह मिसाएर खानु विष समान हुन्छ।
- गर्मी वा घाममा धापिएर आएको बेला मह खाँदा हानि गर्दछ।
- मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हानीकारक हुन्छ।
- ज्वरो आयको बेला दूध, घिऊ र मह सेवन विषसमान हुन्छ।
- कसैले विष सेवन गरेको छ भने त्यस्तो बेला मह खुवाउँनु हुदैन। यस्तो अवस्थामा मह सेवन गरेमा विषको प्रभाव अझ बढेर मान्छेको ज्यानै जान सक्छ। त्यसैले मह सेवन गर्दा जानेर बझेर सेवन गरौ साथै आफुले जानेको कुरा अरुलाइ पनी जानकारी गराउदै जाउ।

Share:

Friday 28 September 2018

 

सिस्नो खानुका फाइदै फाइदाहरु-life with herbs


नेपाली नाम          : सिस्नो
English Name  :   stinging nettle
नेपालको पाहाडी भागहरुमा सिस्नु सजिलै पाउन सकिन्छ। यो बारिकोडिल, खोला खोल्सा, पाखातिर जहातही पाइन्छ। सिस्नोको काण्ड, पात, फुल जहासुकै स-साना रौ जस्ता काडे झुसहरुले ढाकियको हुन्छ र त्यही रौ जस्तो झुसमा हुने फर्मिक अम्ल Formic acid ले पोल्ने र हिस्टामाइन Histamine ले सुन्निने गर्दछ। त्यसैले हरियो सिस्नोलाइ खाली हातले समाय या सरिरको कुनै भागहरुमा छोइयमा पीडा/पोलेको अनुभव हुन्छ तर सिस्नो सेवन गर्ने बेलामा पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन्। सिस्नोको वोट करिब एक मिटर देखी साढे एक मिटर सम्म अग्लो हुन्छ भने यसको जरा माटो मुनी करिब करिब आधा मिटर पर सम्म पुगको हुन्छ। यहि जरा/नसाहरु वाट नया बोटहरु पनी पलायर आउछ र यसको फुल बाट बनेको बिउबाट पनी नया बिरुवाहरु उम्रिन्छ भने यस्को छिपियकोडाठलाइ चिसो माटोले हल्का छोपेर राख्दिदा पनी सजिलै यस्को काण्डहरुबाट नया विरुवा निस्किन्छ। सिस्नोमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थहरु पाइन्छ त्यस्तै रायोको सागमा तिन सय पचास आई. यू. भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा 12 सय आई. यू. भिटामिन ए पाइन्छ साथै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन्। अरु सागसब्जीमा भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ। त्यसैले सिस्नोलाइ भान्सामा प्रयोगहुने साग सब्जि या दाल को भुमिकामा मात्र सिमित नराखी धेरै रोगहरु निको पार्ने औषधीको रुपमा या जडिबुटीको रुपमा पनी प्रयोग गर्न सकिन्छ। आउनुहोस के-कस्ता रोगहरुमा सिस्नोको प्रयोग गर्न सकिन्छ सिकौ र सिकाउ पनी।
सिस्नो को औषधीय गुणहरु : सिस्नोलाइ धेरै रोगहरुमा जडिबुटीकोरुपमा प्रयोग गर्न सकिन्छ जस्तै सिस्नोको नियमित प्रयोगबाट स्त्रीरोग, बाथ रोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पत्थरी, ग्याष्टिक, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ त्यस्तै किड्नीको समस्या, पिसाब पोल्ने, दम,  खाना पचाउने, रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ। महिनावारी अनियमीत हुने पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, सर्को पसि सोला हान्ने जस्ता धेरै रोगहरु निको पार्न सिस्नोको प्रयोग गर्न सकिन्छ।xxx



Share:

Saturday 8 September 2018

 

पाँचऔँले Salep (life with herbs)


नेपाली नाम          :  पाँचऔँले
English Name  : Salep
पाँचऔँलेलाइ यदाकदा हत्ताजडी, कतै हाते, कतै कतै पाँच पाते आदी
नामहरुने चिनीन्छ किनभने यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पश्चिमी पाकिस्तान, हिमालय गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बतमा समुन्द्री सतह 2500 मिटर देखी 5000 मिटर सम्मको उचाइमा पाइन्छ। यो विरुवा नेपालमा पश्चिम र मध्ये भागमा करिब 2800 मिटर देखी 4000 मिटर सम्मको उचाईमा पाइन्छ। पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको जडिबुटी हो। यो करीब 30 देखी
90 से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो। यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। त्यसैले यसको नाम पाँचऔँले रहेको हो। यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा 12 देखि 20 से.मी सम्म लामा र घना हुन्छन्। विभिन्न प्रकारका धेरै रोगहरू निको पार्न सक्ने गुण भयकोले यसको प्रयोग आयुर्वेदीक औषधीको रूपमा ब्यापक प्रयोग गरिन्छ। यसको फुल मनमोहक हुन्छ तरपनी यसको उपयोग गरिने अंग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ।

पाँचऔँलेको औषधीय गुणहरू :  पाँचऔँलेको औषधिय गुणहरु धेरै रहेको छ जस्तै स्थानीय रुपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ यसो गर्नाले काटेको ठाउबाट रगत बग्न बन्द हुनको साथै घाउ पनी छिटै निको हुन्छ। त्यस्तै लेक लागेमा, स्मरण शक्तिपनि बढाउन, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न, मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, आदी धिरै रोगहरुमा पाँचऔँलेको प्रयोग गर्न सकिन्छ।

Share:

Wednesday 22 August 2018

 

सर्पगन्धाको औषधीय गुणहरु-benefit of Rauwolfia serpentina root (life with herbs)


नेपाली नाम   : सर्पगन्धा
अङ्ग्रेजी नाम : Rauwolfia serpentine root
कुनै पनी हानी रहित प्राकृतिक औषधीको रूपमा सर्पगन्धालाइ
प्रयोग गरिन्छ। सर्पगन्धा उष्ण प्रदेशिय वनस्पति हो र यो विरुवा प्राय गरी नेपालमा समुद्र सतह देखि 1200 मिटर सम्मको उचाई पाइन्छ। सर्पगन्धा पतझर विरुवा हो र बिशेषगरी यो ओसिलो अनी सालको जंगलहरुमा पाइन्छ। सर्पगन्धा नेपाल लगायत भारत, वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ। भारतमा मात्रै यसका ५ प्रजाति पाइन्छ। सर्पगन्धा नेपालमा तराई क्षेत्रमा बढि पाइन्छ। यो विरुवा साधारणतया 50 से.मी. देखी 1.5 मिटरसम्म उचाई भएको पाइन्छ। यसका पातहरू चिल्ला, लामा,

भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन/तीन वटा पातहरू निस्कीएका हुन्छन्। फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगको हुन्छन्। यसका फूलहरू चैत्रदेखि फुल्न शुरु गर्छन् र पौष सम्म फूल फुल्ने क्रम जारी रहन्छ। फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन्। फलको रंग पाकेपछि कालो हुन्छ। फल र बीउ चेप्टो गोलो हुन्छ। बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ। जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन्।

सर्पगन्धाको जरा नै जडिबुटीको लागी प्रयोगमा आउने मुख्य भाग हो। यस्को जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिय रसायनहरू धेरै रोगहरुको उपचारको लागी प्रयोगमा अइरहेको हुन्छ।

सर्पगन्धाको औषधिय गुणहरु  : यस जडीबुटीलाई प्रशोधन नगरी
उच्च रक्तचापको रोगमा प्रयोग गर्न सकिन्छ। यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ। साथै सर्पगन्धालाइ निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी हुन्छ।


Share: