शिलाजीत / Shilajit
आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो।
गर्मीको
मौसममा हिमाल तथा पहाडमा रहेका ठूला ठूला पत्थरे ढुंगाको कापबाट धातुको अंश
पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो
र गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान
रहेको छ। आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा पनी गरिएको छ र यसलाई जडीबुटीहरूको राजा
पनी मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक जस्ता गुणहरु
शिलाजीतमा पाइन्छ। शिलाजीतको महत्व रोगी ब्यक्ती हरुको लागि मात्र नभई स्वस्थ व्यक्तिका
लागि पनि उत्तीकै महत्व छ । यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले
र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन। शिलाजीतको स्वाद तातो हुन्छ र सुक्दाखेरी
गहुत/गोमत जस्तो गन्ध आउँछ। शिलाजीतको मुख्य उद्देश्य शरीरलाई
बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो। शिलाजीत सेवन गर्नको
लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग
खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ। उचित समयमा उचित
योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन्
।
शिलाजीतको औषधिय आयुर्वेदक गुणहरु
- मधुमेहका विरामीले शिलाजीतको
नियमीत सेवन गर्दा धेरै लाभ
गर्दछ।
- - कुनैपनि पिसाव सम्वन्धी समस्याहरुमा
शिलाजीतको प्रयोग गर्न सकिन्छ।
- - बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता
वा कमजोडीमा पनि शिलाजीतको प्रयोग गर्न सकिन्छ ।
- - यौन दुर्बलता वा यौन क्षमता कमजोर छैन
भने पनी शिलाजीतको सेवन गर्दा राम्रो नै हुन्छ। किनभने शिलाजीतको साइड इफेक्ट गर्दैन।
शिलाजीतको सेवन यस्तो अवस्थाहरुमा प्रयोग गर्नु
हुदैन
- - पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त
(हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु
हुँदैन ।
- - शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।
0 comments:
Post a Comment