Saturday 8 September 2018

 

पाँचऔँले Salep (life with herbs)


नेपाली नाम          :  पाँचऔँले
English Name  : Salep
पाँचऔँलेलाइ यदाकदा हत्ताजडी, कतै हाते, कतै कतै पाँच पाते आदी
नामहरुने चिनीन्छ किनभने यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पश्चिमी पाकिस्तान, हिमालय गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बतमा समुन्द्री सतह 2500 मिटर देखी 5000 मिटर सम्मको उचाइमा पाइन्छ। यो विरुवा नेपालमा पश्चिम र मध्ये भागमा करिब 2800 मिटर देखी 4000 मिटर सम्मको उचाईमा पाइन्छ। पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको जडिबुटी हो। यो करीब 30 देखी
90 से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो। यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। त्यसैले यसको नाम पाँचऔँले रहेको हो। यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा 12 देखि 20 से.मी सम्म लामा र घना हुन्छन्। विभिन्न प्रकारका धेरै रोगहरू निको पार्न सक्ने गुण भयकोले यसको प्रयोग आयुर्वेदीक औषधीको रूपमा ब्यापक प्रयोग गरिन्छ। यसको फुल मनमोहक हुन्छ तरपनी यसको उपयोग गरिने अंग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ।

पाँचऔँलेको औषधीय गुणहरू :  पाँचऔँलेको औषधिय गुणहरु धेरै रहेको छ जस्तै स्थानीय रुपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ यसो गर्नाले काटेको ठाउबाट रगत बग्न बन्द हुनको साथै घाउ पनी छिटै निको हुन्छ। त्यस्तै लेक लागेमा, स्मरण शक्तिपनि बढाउन, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न, मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, आदी धिरै रोगहरुमा पाँचऔँलेको प्रयोग गर्न सकिन्छ।

Share:

0 comments:

Post a Comment