Wednesday 22 August 2018

 

सर्पगन्धाको औषधीय गुणहरु-benefit of Rauwolfia serpentina root (life with herbs)


नेपाली नाम   : सर्पगन्धा
अङ्ग्रेजी नाम : Rauwolfia serpentine root
कुनै पनी हानी रहित प्राकृतिक औषधीको रूपमा सर्पगन्धालाइ
प्रयोग गरिन्छ। सर्पगन्धा उष्ण प्रदेशिय वनस्पति हो र यो विरुवा प्राय गरी नेपालमा समुद्र सतह देखि 1200 मिटर सम्मको उचाई पाइन्छ। सर्पगन्धा पतझर विरुवा हो र बिशेषगरी यो ओसिलो अनी सालको जंगलहरुमा पाइन्छ। सर्पगन्धा नेपाल लगायत भारत, वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ। भारतमा मात्रै यसका ५ प्रजाति पाइन्छ। सर्पगन्धा नेपालमा तराई क्षेत्रमा बढि पाइन्छ। यो विरुवा साधारणतया 50 से.मी. देखी 1.5 मिटरसम्म उचाई भएको पाइन्छ। यसका पातहरू चिल्ला, लामा,

भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन/तीन वटा पातहरू निस्कीएका हुन्छन्। फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगको हुन्छन्। यसका फूलहरू चैत्रदेखि फुल्न शुरु गर्छन् र पौष सम्म फूल फुल्ने क्रम जारी रहन्छ। फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन्। फलको रंग पाकेपछि कालो हुन्छ। फल र बीउ चेप्टो गोलो हुन्छ। बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ। जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन्।

सर्पगन्धाको जरा नै जडिबुटीको लागी प्रयोगमा आउने मुख्य भाग हो। यस्को जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिय रसायनहरू धेरै रोगहरुको उपचारको लागी प्रयोगमा अइरहेको हुन्छ।

सर्पगन्धाको औषधिय गुणहरु  : यस जडीबुटीलाई प्रशोधन नगरी
उच्च रक्तचापको रोगमा प्रयोग गर्न सकिन्छ। यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ। साथै सर्पगन्धालाइ निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी हुन्छ।


Share:

0 comments:

Post a Comment