Saturday 11 August 2018

 

लोठ सल्ला-life with herbs


के हो लोठसल्ला ?
लोठ सल्ला नेपालमा निकै प्रचलित कोणधारी सदावहार वनस्पति हो। जव यो वनस्पतिबाट निस्कने
टेक्सोल taxol नै क्यान्सर रोग निको पार्नको लागी सहयोग पुर्याउने रासायनिक तत्व हन्छ भन्ने पत्ता लाग्यो तव यस्को महत्व अझ उकासिदै गयो। नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००३००० मीटर उचाई सम्मका जंगलहरूमा र काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ। लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने र हाँगा विँगा फैलिएको हुन्छ। यसको पात मसिनो, लाम्चो, चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी. मी. चौडा भएका हुन्छन्। यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला, साना, डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ। फल काँचोमा हरिया र पाके पछि राता हुन्छन्। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउको आधा भन्दा बढी भाग छोपेको हुन्छ। लोठसल्लाको काठमा हुने अति कडा विषको कारण यसको काठलाई धमिरा तथा सुक्ष्म जिवाणुले
विगार्न सक्दैन त्यसैले कुनैपनी निर्माण कार्यहरुमा यसको काठहरु प्रयोग गर्दा धेरै राम्रो हुन्छ साथै खहरे माथी साँघु हाल्न तथा ढिङ्ग्रो बनाउन पनि यस्को काठ प्रयोग गर्ने गरिन्छ। लोठ सल्लाको बिशेषता तव अत्याधिक मात्रामा बढ्यो जव यसमा विभिन्न प्रकारका अर्वुद रोग
Cancer निको पार्ने दुर्लभ रसायन रहेको पुष्टि भयो। यस वनस्पतिको वोक्रा तथा पातहरूवाट तयार पारिएको Taxol नामक Resin पदार्थ अर्बुद रोग Cancer नियन्त्रणको लागि अति नै उपयोगी हुने कुरा पत्ता लगी सकेको छ।


लोठ सल्लाको औषधिय गुणहरु :-  लोठ सल्लाको बोक्रा तथा पातहरु प्रशोधन गरि Taxol नामक Resin पदार्थको उत्पादन गरिन्छ त्यही Taxol नामक Resin पदार्थले नै छाती तथा पाठेघर क्यान्सरको उपचारमा प्रयोग गरिन्छ भने लोठसल्लाको काठमा हुने अति कडा विषको कारण यसको काठलाई धमिरा तथा सुक्ष्म जिवाणुले विगार्न सक्दैन त्यसैले कुनैपनी निर्माण कार्यहरुमा समेत यसको काठहरु प्रयोग गरीन्छ।

Share:

0 comments:

Post a Comment