Saturday 21 July 2018

 

मजिटोको फाइदाहरु - benefit of madder root (life with herbs)


नेपाली नाम     : मजिटो
English Name  : Madder Root

मजिटो हाम्रो गाउघर, वनजंगल, पाखावारी तिर सजिलै पाउन
सकिन्छ। पुराना बुढापाका हरु धेरै खेत जोतेको गोरुले रातो मुतेमा (पिसाव फेरेमा) मजिटो को घास खुवाउनु पर्दछ भन्नु हुन्छ। बास्तवमा भन्नेहो भने पशुहरुलाइ मात्र होइन यो मानव जातिहरुको लागी पनी धेरै उपयोगी छ। यसमा धेरै रोगहरु निको पार्न सक्ने औषधिय गुणहरु भयको जडिबुटी हो। मजिटोमा पुरपुरीन- purpurin, जानथोपुरिन (xanthopurpurin) ), मुजिस्टिन जस्ता तत्वहरु रहेको हुन्छ। मजिटोको जरा जमिनमा चारैतिर टाढाटाढा सम्म फैलियको हुन्छ र यो केही रातो/खैरो रङको हुन्छ। यही जरानै मजिटोको मुख्य जडिबुटीको रुपमा प्रयोग गरिने
भाग हो। जव जमिन बाट नया पालुवाको रुपमा उम्रिन्छ अनी विस्तारै यो लहराको रुपमा फैलिदै जान्छ। सुरुमा यसको लहरा हरियो हुन्छ भने विस्तै छिप्पिदै जादा यो केही खैरो/रातो हुदै जान्छ। मजिटोको लहरा खस्रो खालको हुन्छ यसको लहरा वा पातहरुमा छोयो भने खराउछ र कुनैबाला घाउहरु समेत बनाउन सक्छ। जडिबुटीको लागी प्रयोग गर्नलाइ यस्को जरा जमिनबाट निकाली सुकाइन्छ र आवस्यकता अनुसार पिसेर पानी सग मिसाइ पिउन सकिन्छ।

मजिटोको औषधिय गुणहरु

पत्थरी भयमा -  पत्थरी भयमा मजिटो दुइ ग्रा. को दरले चार/पाच
चम्चा पानी सग मिलाइ दिनको तिन पटक पिउनाले केही हप्तामा ठिक भयर जान्छ।
जोर्नी वा गाठोको समस्याहरुमा -   जोर्नीको समस्याहरु भयमा मजिटोको तेलले मालिस गर्दा राम्रो हुन्छ साथै कसैलाइ हाड सम्बन्धी समस्याहरु भयमा अर्गानिक मजिटोको पाउडर महसग मिलाइ सेवन गर्दा राम्रो हुदै जान्छ।
अनुहारमा दाग वा धब्बाहरु भयमा -   अनुहारको दाग वा धब्बाहरु हटाउनलाइ मजिटोको जरालाइ सफा पानीमा उमाली चार/चार चम्चाको दरले बिहान बलुकी पिउने साथै यसलाइ घोटेर महसग मिसाइ दाग भयको ठाउहरुमा लगाउनाले बिस्तारै ठिक हुदै जान्छ।
शरिरको कुनै अङ्गहरु सुनियमा -   यसरि कुनै कारणले शरिरको कुनै भागहरु सुनियमा मुलेठी र मजेठोको बराबर भाग मिलइ पिसेर सुनियको ठाउमा लेप लगाउदा सुनियको ठिक हुन्छ।
दातको रोगहरुमा -   दातको दुखाइमा मजेठोको जरा पिसेर यसले बिहान बेलुकी दात सफा गर्ने, मंजन गर्नाले दात दुखेको ठिक हुन्छ।
जलेर बनेको घाउहरुमा -   पोलेर वा जलेर वनेको घाउहरुमा मजेटो र चंदन घोटी घ्यु सग लेप बनाइ घाउमा लगाउनाने घाउमा सितल हुनको साथै घाउ निको हुदै जान्छ।
मुसाले टोकेमा -   मुसाले टोकेर बनेको घाउमा मजेटो, बेसार र नुन वरावर भागमा मिलाइ पिस्ने र मसाले टोकेको घाउमा तिन/चार पटक लागाउदा मुसाको बिष हराउदै जान्छ।


Share:

0 comments:

Post a Comment