Friday 6 July 2018

 

पुदीनाको फाइदाहरु (Health Benefits of Peppermint)


नेपाली नाम     : पुदीना
English Name  : peppermint
पुदीना हाम्रो गाउघर तथा बारीहरुमा सजिलै पाउन सकिन्छ।
हामीले पुदीनालाइ चट्नी, अचार वा मसलाको रुपमा प्रयोग गर्दै आयका छौ तर यस्को गुण वा विशेषताहरु भनेको यती मात्र नभइ धेरै रोगहरु निको पार्न सक्ने औषधिय गुणहरु पनी पुदीनामा पाउन सकिन्छ। गाउघरतिर यस्लाइ बारीको डिल, आगनको डिलतिर अनी बगैचातिर पनी लगाइन्छ र ब्यापारीक प्रयोजनको लागी भन्दापनी घरमा मात्र प्रयोग हुने गरेको पाइन्छ। बिकशीत देशहरुमा यसको आर्यात निर्यात पनी गरिन्छ। पुदिना नेपालमा मात्र नभइ विश्वका अरु धरै देशहरुमा पनी पाइन्छ। यसमा भिटामिन को मात्रा धेरै
हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ। यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ।
पुदिनाको औषधिय गुणहरु
टाउको दुखेमा :- पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट राहात पाइन्छ।
ज्वरो आएमा :- ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।
छाला तथा पिम्पल्स :- पुदिनाको रसले बिहान बेलुका मुख सफा
गर्नाले अनुहारमा रहेको दाग, विमिरा तथा पिम्पल्स हरुलाइ धेरै राम्र गर्दछ। त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला वा छाला सुनियमा पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ।
ग्यास्टिक समस्या :-  पुदिना, तुलसी, अदुवा र कालो मरीचलाइ मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
तौल कम :- तौल कम गर्न खानामा पुदिना राखेर खाने गर्नाले पाचन प्रकृयामा इन्जाइमहरु चाँडो निकाली छिटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा बोसो संचित हुनुको सट्टा छिटो छिटो शक्तिमा परिणत हुन्छ जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ।
दाद/एलर्जी भएमा :- दाद वा एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ
पेट दुखेमा :-  पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
घाउ भयमा :- यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
पाचन प्रक्रिया सन्तुलित बनाउन :- बिहान बेलुकाको खानामा 4/5 पत्ता पुदीनाका पातहरु राखेर खानाले खाना ठिक सग पचाउनको लागी सद्दत गर्दछ।
रुघा,ज्वरो र खोकी भयमा :- एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मरिच र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ। त्यस्तै बिष मार्न, दाद, मुख गन्हाउने समस्या, पेट फुल्ने, वान्ता भयमा, दम जस्ता रोगहरुमा पनी पुदिनाको प्रयोग राम्रो मानिन्छ।

Share:

0 comments:

Post a Comment