Saturday 30 June 2018

 

दालचिनी र तेजपातको फाइदाहरु - Cinnamomum verum (life with herbs)


नेपाली नाम    : दालचिनी/तेजपात
English Name   : Cinnamomum verum
मुख्यतया दालचिनीलाइ नेपालमा मसलाको रुपमा प्रयोग गर्दै
आइरहेको पाइन्छ। तर यो मसलामात्र नभइ एक महत्वपुर्ण जडिबुटी पनी हो। नेपालमा समुद्री सतहबाट करिब करिब १०० मिटर देखि २,५०० मीटर सम्मको उचाइ क्षेत्रमा तेजपातको जंगल रहेको छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ| तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक असोजदेखि चैत्रसम्म रुखको हाँगाहरू भाँचेर
झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ। दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ।
दालचिनी/तेजपातको औषधिय गुणहरु
रुघाखोकीको ज्वरोमा :-  एक टुक्रा दालचिनी एक चिम्टी सुठोको
धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक मनतातो पानी बनाएर पिउने गरेमा ठिक हुन्छ ।
चिसोले कपाल दुखेमा :-   दालचिनी र मरिचको लेप बनाएर विहान वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
अल्काईको रोगमा  :-   दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
कोलस्टेरोल घटाउन  :-   दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।
दम खोकीमा  :-   आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
घाँटी बसेमा  :-   सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

Share:

0 comments:

Post a Comment