Friday 22 June 2018

 

तितेपतीको औषधिय गुणहरु- Mugwort


नेपाली नाम    : तितेपाती
English Name :  Mugwort
नेपालको पाहाडी जिल्लाको धेरैठाउहरुमा यत्रतत्र पाउन सकिन्छ
तितेपालीलाइ। तितेपातीको उपयोगीता धेरै छन। तितेपातीको महत्व बझेकाहरु यसलाइ जडिबुटीको लागी पनी र धार्मिक कर्मकाण्डहरुको लागीमा पनी प्रयोग गरिरहेका छन। साधारणतया यस्को बोट 1 मि. देखी 1.5 मि. सम्म अग्लो हुन्छ भने पातहरु मुख्य डाठसगै फैलियको हुन्छ। प्रत्यक वर्ष यसको जरादेखी नया बोट निस्किन्छ यही बोट हुर्कीदै जान्छ र फुल फुली बिउहरु बन्नेकाम हुन्छ। तितेपातीको बिउहरु स-साना हुन्छन र हावाको माध्यमबाट यक ठाउबाट अर्को ठाउहरुमा विस्तार हुने गर्दछ। यसको पातहरु हल्का सेतो र फुस्रो हरियो खालको हुन्छ। यसको स्वाद निककै तितो खालको र सुगन्ध हल्का परपराउने तितो खालको हुन्छ। तितेपातीलाइ खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा
यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ त्यस्तै कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुदैन। जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा तथा धार्मिक कर्महरु आदिमा प्रयोग गरिन्छ।
तितेपातीको औषधिय गुणहरु :  तितेपातीलाइ जडिबुटीको रुपमा धेरै
रोगहरुमा प्रयोग गरिन्छ जस्तै पेटमा जुका परेमा, युरिक एसिड भएमा, शरिरमा भयको दूषित कीटाणुलाई हटाउन, सुगर रोगीहरुले, शरिरको कुनै भागहरुमा घाउ भयमा तितेपातीको पातहरु थिचेर पेस्ट वनाइ लागाइन्छ। तितेपातीको ताजा रस लगाउनाले लुतो निको हुन्छ। कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ। जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा पनी प्रयोग गर्न सकिन्छ।

Share:

2 comments:

  1. Very helpful
    I got lots of help thank you
    Hope to see more in coming days
    Thabkyou

    ReplyDelete
  2. राम्रो औषधीय गुण भयको रहेछ

    ReplyDelete