Showing posts with label झारपात. Show all posts
Showing posts with label झारपात. Show all posts

Saturday, 1 December 2018

 

शिलाजीत-life with herbs


शिलाजीत / Shilajit

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो। गर्मीको
मौसममा हिमाल तथा पहाडमा रहेका ठूला ठूला पत्थरे ढुंगाको कापबाट धातुको अंश पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ। आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा पनी गरिएको छ र यसलाई जडीबुटीहरूको राजा पनी मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीतको महत्व रोगी ब्यक्ती हरुको लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि उत्तीकै महत्व छ । यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन। शिलाजीतको स्वाद तातो हुन्छ र सुक्दाखेरी गहुत/गोमत जस्तो गन्ध आउँछ। शिलाजीतको मुख्य उद्देश्य शरीरलाई
बल दिएर स्वस्थ
, शक्तिशाली र पुष्ट बनाउनु हो। शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ। उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।


शिलाजीतको औषधिय आयुर्वेदक गुणहरु
 - मधुमेहका विरामीले शिलाजीतको नियमीत सेवन गर्दा धेरै लाभ
गर्दछ।
-   - कुनैपनि पिसाव सम्वन्धी समस्याहरुमा शिलाजीतको प्रयोग गर्न सकिन्छ।
-   - बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोडीमा पनि शिलाजीतको प्रयोग गर्न सकिन्छ ।
-   - यौन दुर्बलता वा यौन क्षमता कमजोर छैन भने पनी शिलाजीतको सेवन गर्दा राम्रो नै हुन्छ। किनभने शिलाजीतको साइड इफेक्ट गर्दैन।

शिलाजीतको सेवन यस्तो अवस्थाहरुमा प्रयोग गर्नु हुदैन

-   - पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।
-   - शिलाजीतको सेवन गर्दा रातो खुर्सानी,  तातो खाना र पेयपदार्थ,  मसालेदार भोजन,  मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।


Share:

Saturday, 3 November 2018

 

मह कसरी सेवन गर्ने-life with herbs


मह Honey

नियमीत महको सेवनले शरिरमा धेरै किसीमका फाइदाहरु हुन्छ।
किनभने मौरीले विभिन्न वनस्पतिको परागसेचन बाट मह बनाउदछ। त्यसैले होला विज्ञहरु अलग अलग वनस्पती बाट प्राप्त भयको महको अलग अलग किसीमकै फाइदाहरु हुने बताउछन्। खेतवारी वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह राम्रो हुन्छ साथै वसन्त ऋतुमा पाइने वनस्पतिको परागबाट बनेको मह सबैभन्दा राम्रो हुने गर्दछ। महले सधैभरी राम्रो गर्दछ जति पनी जसरी पनी खान सकिन्छ भन्ने चाही कदापी होइन। हुनत कुनै पनी खानेकुराहरु चाहिने भन्दा वढि भयमा यसले नकरात्मक असर गर्ने गर्दछ। त्यस्तै महलाइ पनी चाहिने जती परिमाण मिलायर प्रयोग गर्न जानियन भने यस्ले पनी केहि हानी गर्दछ। महलाइ कसरी खाने कती खाने वा के सग खान हुन्छ र के सग मिसाइ खान हुदैन यस्को जानकारी निम्न अनुसार छ।

मह सेवन बाट हुने फाइदाहरु

- मह र कागतीको रस बराबर सेवन गर्नाले सुख्खा खोकि ठिक
  हुदै जान्छ।
- गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले  कब्जियतको समस्यालाइ राम्रो गर्दछ।
- अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सन्चो हुनुका साथै बाडुली लागेको पनी ठिक हुन्छ।
- बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग गर्नाले वान्दा रोकिन्छ।
- जोण्डीसको रोगिहरुलाई पाकेको आँपको रसमा मह मिसाएर खुवाउनाले लाभ हुन्छ।
- सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी सग पिउनाले हृदयमा शक्तिको संचार हुन्छ।
- मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउनाले त्वचा हटाउदै लैजान्छ।
- एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर जान्छ साथै शरिर पुष्ट र बलियो हुन्छ।
- मह र प्याजको रस बराबर मिसाएर चाट्नाले कफ निको हुन्छ।
- उच्च रक्तचापमा मह र लसुन मिसाइ सेवन गर्नु लाभप्रद हुन्छ।

महका साथ यि खानेकुराहरु खानु हुदैन।

- पानी वा दूधमा मह बराबर मात्रा मिलाइ खानु हानिकारक
हुन्छ।
- चिनी र मह मिसायर खानु विष सरह नै हुन्छ।
- माछा, मासुसित मह खानु विष सरह हुन्छ।
- घिउ तेल, र नौनीसित मह मिसाएर खानु विष समान हुन्छ।
- गर्मी वा घाममा धापिएर आएको बेला मह खाँदा हानि गर्दछ।
- मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हानीकारक हुन्छ।
- ज्वरो आयको बेला दूध, घिऊ र मह सेवन विषसमान हुन्छ।
- कसैले विष सेवन गरेको छ भने त्यस्तो बेला मह खुवाउँनु हुदैन। यस्तो अवस्थामा मह सेवन गरेमा विषको प्रभाव अझ बढेर मान्छेको ज्यानै जान सक्छ। त्यसैले मह सेवन गर्दा जानेर बझेर सेवन गरौ साथै आफुले जानेको कुरा अरुलाइ पनी जानकारी गराउदै जाउ।

Share:

Friday, 28 September 2018

 

सिस्नो खानुका फाइदै फाइदाहरु-life with herbs


नेपाली नाम          : सिस्नो
English Name  :   stinging nettle
नेपालको पाहाडी भागहरुमा सिस्नु सजिलै पाउन सकिन्छ। यो बारिकोडिल, खोला खोल्सा, पाखातिर जहातही पाइन्छ। सिस्नोको काण्ड, पात, फुल जहासुकै स-साना रौ जस्ता काडे झुसहरुले ढाकियको हुन्छ र त्यही रौ जस्तो झुसमा हुने फर्मिक अम्ल Formic acid ले पोल्ने र हिस्टामाइन Histamine ले सुन्निने गर्दछ। त्यसैले हरियो सिस्नोलाइ खाली हातले समाय या सरिरको कुनै भागहरुमा छोइयमा पीडा/पोलेको अनुभव हुन्छ तर सिस्नो सेवन गर्ने बेलामा पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन्। सिस्नोको वोट करिब एक मिटर देखी साढे एक मिटर सम्म अग्लो हुन्छ भने यसको जरा माटो मुनी करिब करिब आधा मिटर पर सम्म पुगको हुन्छ। यहि जरा/नसाहरु वाट नया बोटहरु पनी पलायर आउछ र यसको फुल बाट बनेको बिउबाट पनी नया बिरुवाहरु उम्रिन्छ भने यस्को छिपियकोडाठलाइ चिसो माटोले हल्का छोपेर राख्दिदा पनी सजिलै यस्को काण्डहरुबाट नया विरुवा निस्किन्छ। सिस्नोमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थहरु पाइन्छ त्यस्तै रायोको सागमा तिन सय पचास आई. यू. भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा 12 सय आई. यू. भिटामिन ए पाइन्छ साथै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन्। अरु सागसब्जीमा भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ। त्यसैले सिस्नोलाइ भान्सामा प्रयोगहुने साग सब्जि या दाल को भुमिकामा मात्र सिमित नराखी धेरै रोगहरु निको पार्ने औषधीको रुपमा या जडिबुटीको रुपमा पनी प्रयोग गर्न सकिन्छ। आउनुहोस के-कस्ता रोगहरुमा सिस्नोको प्रयोग गर्न सकिन्छ सिकौ र सिकाउ पनी।
सिस्नो को औषधीय गुणहरु : सिस्नोलाइ धेरै रोगहरुमा जडिबुटीकोरुपमा प्रयोग गर्न सकिन्छ जस्तै सिस्नोको नियमित प्रयोगबाट स्त्रीरोग, बाथ रोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पत्थरी, ग्याष्टिक, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ त्यस्तै किड्नीको समस्या, पिसाब पोल्ने, दम,  खाना पचाउने, रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ। महिनावारी अनियमीत हुने पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, सर्को पसि सोला हान्ने जस्ता धेरै रोगहरु निको पार्न सिस्नोको प्रयोग गर्न सकिन्छ।xxx



Share:

Saturday, 8 September 2018

 

पाँचऔँले Salep (life with herbs)


नेपाली नाम          :  पाँचऔँले
English Name  : Salep
पाँचऔँलेलाइ यदाकदा हत्ताजडी, कतै हाते, कतै कतै पाँच पाते आदी
नामहरुने चिनीन्छ किनभने यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पश्चिमी पाकिस्तान, हिमालय गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बतमा समुन्द्री सतह 2500 मिटर देखी 5000 मिटर सम्मको उचाइमा पाइन्छ। यो विरुवा नेपालमा पश्चिम र मध्ये भागमा करिब 2800 मिटर देखी 4000 मिटर सम्मको उचाईमा पाइन्छ। पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको जडिबुटी हो। यो करीब 30 देखी
90 से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो। यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। त्यसैले यसको नाम पाँचऔँले रहेको हो। यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा 12 देखि 20 से.मी सम्म लामा र घना हुन्छन्। विभिन्न प्रकारका धेरै रोगहरू निको पार्न सक्ने गुण भयकोले यसको प्रयोग आयुर्वेदीक औषधीको रूपमा ब्यापक प्रयोग गरिन्छ। यसको फुल मनमोहक हुन्छ तरपनी यसको उपयोग गरिने अंग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ।

पाँचऔँलेको औषधीय गुणहरू :  पाँचऔँलेको औषधिय गुणहरु धेरै रहेको छ जस्तै स्थानीय रुपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ यसो गर्नाले काटेको ठाउबाट रगत बग्न बन्द हुनको साथै घाउ पनी छिटै निको हुन्छ। त्यस्तै लेक लागेमा, स्मरण शक्तिपनि बढाउन, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न, मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, आदी धिरै रोगहरुमा पाँचऔँलेको प्रयोग गर्न सकिन्छ।

Share:

Saturday, 21 July 2018

 

मजिटोको फाइदाहरु - benefit of madder root (life with herbs)


नेपाली नाम     : मजिटो
English Name  : Madder Root

मजिटो हाम्रो गाउघर, वनजंगल, पाखावारी तिर सजिलै पाउन
सकिन्छ। पुराना बुढापाका हरु धेरै खेत जोतेको गोरुले रातो मुतेमा (पिसाव फेरेमा) मजिटो को घास खुवाउनु पर्दछ भन्नु हुन्छ। बास्तवमा भन्नेहो भने पशुहरुलाइ मात्र होइन यो मानव जातिहरुको लागी पनी धेरै उपयोगी छ। यसमा धेरै रोगहरु निको पार्न सक्ने औषधिय गुणहरु भयको जडिबुटी हो। मजिटोमा पुरपुरीन- purpurin, जानथोपुरिन (xanthopurpurin) ), मुजिस्टिन जस्ता तत्वहरु रहेको हुन्छ। मजिटोको जरा जमिनमा चारैतिर टाढाटाढा सम्म फैलियको हुन्छ र यो केही रातो/खैरो रङको हुन्छ। यही जरानै मजिटोको मुख्य जडिबुटीको रुपमा प्रयोग गरिने
भाग हो। जव जमिन बाट नया पालुवाको रुपमा उम्रिन्छ अनी विस्तारै यो लहराको रुपमा फैलिदै जान्छ। सुरुमा यसको लहरा हरियो हुन्छ भने विस्तै छिप्पिदै जादा यो केही खैरो/रातो हुदै जान्छ। मजिटोको लहरा खस्रो खालको हुन्छ यसको लहरा वा पातहरुमा छोयो भने खराउछ र कुनैबाला घाउहरु समेत बनाउन सक्छ। जडिबुटीको लागी प्रयोग गर्नलाइ यस्को जरा जमिनबाट निकाली सुकाइन्छ र आवस्यकता अनुसार पिसेर पानी सग मिसाइ पिउन सकिन्छ।

मजिटोको औषधिय गुणहरु

पत्थरी भयमा -  पत्थरी भयमा मजिटो दुइ ग्रा. को दरले चार/पाच
चम्चा पानी सग मिलाइ दिनको तिन पटक पिउनाले केही हप्तामा ठिक भयर जान्छ।
जोर्नी वा गाठोको समस्याहरुमा -   जोर्नीको समस्याहरु भयमा मजिटोको तेलले मालिस गर्दा राम्रो हुन्छ साथै कसैलाइ हाड सम्बन्धी समस्याहरु भयमा अर्गानिक मजिटोको पाउडर महसग मिलाइ सेवन गर्दा राम्रो हुदै जान्छ।
अनुहारमा दाग वा धब्बाहरु भयमा -   अनुहारको दाग वा धब्बाहरु हटाउनलाइ मजिटोको जरालाइ सफा पानीमा उमाली चार/चार चम्चाको दरले बिहान बलुकी पिउने साथै यसलाइ घोटेर महसग मिसाइ दाग भयको ठाउहरुमा लगाउनाले बिस्तारै ठिक हुदै जान्छ।
शरिरको कुनै अङ्गहरु सुनियमा -   यसरि कुनै कारणले शरिरको कुनै भागहरु सुनियमा मुलेठी र मजेठोको बराबर भाग मिलइ पिसेर सुनियको ठाउमा लेप लगाउदा सुनियको ठिक हुन्छ।
दातको रोगहरुमा -   दातको दुखाइमा मजेठोको जरा पिसेर यसले बिहान बेलुकी दात सफा गर्ने, मंजन गर्नाले दात दुखेको ठिक हुन्छ।
जलेर बनेको घाउहरुमा -   पोलेर वा जलेर वनेको घाउहरुमा मजेटो र चंदन घोटी घ्यु सग लेप बनाइ घाउमा लगाउनाने घाउमा सितल हुनको साथै घाउ निको हुदै जान्छ।
मुसाले टोकेमा -   मुसाले टोकेर बनेको घाउमा मजेटो, बेसार र नुन वरावर भागमा मिलाइ पिस्ने र मसाले टोकेको घाउमा तिन/चार पटक लागाउदा मुसाको बिष हराउदै जान्छ।


Share:

Friday, 6 July 2018

 

पुदीनाको फाइदाहरु (Health Benefits of Peppermint)


नेपाली नाम     : पुदीना
English Name  : peppermint
पुदीना हाम्रो गाउघर तथा बारीहरुमा सजिलै पाउन सकिन्छ।
हामीले पुदीनालाइ चट्नी, अचार वा मसलाको रुपमा प्रयोग गर्दै आयका छौ तर यस्को गुण वा विशेषताहरु भनेको यती मात्र नभइ धेरै रोगहरु निको पार्न सक्ने औषधिय गुणहरु पनी पुदीनामा पाउन सकिन्छ। गाउघरतिर यस्लाइ बारीको डिल, आगनको डिलतिर अनी बगैचातिर पनी लगाइन्छ र ब्यापारीक प्रयोजनको लागी भन्दापनी घरमा मात्र प्रयोग हुने गरेको पाइन्छ। बिकशीत देशहरुमा यसको आर्यात निर्यात पनी गरिन्छ। पुदिना नेपालमा मात्र नभइ विश्वका अरु धरै देशहरुमा पनी पाइन्छ। यसमा भिटामिन को मात्रा धेरै
हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ। यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ।
पुदिनाको औषधिय गुणहरु
टाउको दुखेमा :- पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट राहात पाइन्छ।
ज्वरो आएमा :- ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।
छाला तथा पिम्पल्स :- पुदिनाको रसले बिहान बेलुका मुख सफा
गर्नाले अनुहारमा रहेको दाग, विमिरा तथा पिम्पल्स हरुलाइ धेरै राम्र गर्दछ। त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला वा छाला सुनियमा पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ।
ग्यास्टिक समस्या :-  पुदिना, तुलसी, अदुवा र कालो मरीचलाइ मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
तौल कम :- तौल कम गर्न खानामा पुदिना राखेर खाने गर्नाले पाचन प्रकृयामा इन्जाइमहरु चाँडो निकाली छिटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा बोसो संचित हुनुको सट्टा छिटो छिटो शक्तिमा परिणत हुन्छ जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ।
दाद/एलर्जी भएमा :- दाद वा एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ
पेट दुखेमा :-  पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
घाउ भयमा :- यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
पाचन प्रक्रिया सन्तुलित बनाउन :- बिहान बेलुकाको खानामा 4/5 पत्ता पुदीनाका पातहरु राखेर खानाले खाना ठिक सग पचाउनको लागी सद्दत गर्दछ।
रुघा,ज्वरो र खोकी भयमा :- एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मरिच र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ। त्यस्तै बिष मार्न, दाद, मुख गन्हाउने समस्या, पेट फुल्ने, वान्ता भयमा, दम जस्ता रोगहरुमा पनी पुदिनाको प्रयोग राम्रो मानिन्छ।

Share:

Friday, 22 June 2018

 

तितेपतीको औषधिय गुणहरु- Mugwort


नेपाली नाम    : तितेपाती
English Name :  Mugwort
नेपालको पाहाडी जिल्लाको धेरैठाउहरुमा यत्रतत्र पाउन सकिन्छ
तितेपालीलाइ। तितेपातीको उपयोगीता धेरै छन। तितेपातीको महत्व बझेकाहरु यसलाइ जडिबुटीको लागी पनी र धार्मिक कर्मकाण्डहरुको लागीमा पनी प्रयोग गरिरहेका छन। साधारणतया यस्को बोट 1 मि. देखी 1.5 मि. सम्म अग्लो हुन्छ भने पातहरु मुख्य डाठसगै फैलियको हुन्छ। प्रत्यक वर्ष यसको जरादेखी नया बोट निस्किन्छ यही बोट हुर्कीदै जान्छ र फुल फुली बिउहरु बन्नेकाम हुन्छ। तितेपातीको बिउहरु स-साना हुन्छन र हावाको माध्यमबाट यक ठाउबाट अर्को ठाउहरुमा विस्तार हुने गर्दछ। यसको पातहरु हल्का सेतो र फुस्रो हरियो खालको हुन्छ। यसको स्वाद निककै तितो खालको र सुगन्ध हल्का परपराउने तितो खालको हुन्छ। तितेपातीलाइ खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा
यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ त्यस्तै कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुदैन। जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा तथा धार्मिक कर्महरु आदिमा प्रयोग गरिन्छ।
तितेपातीको औषधिय गुणहरु :  तितेपातीलाइ जडिबुटीको रुपमा धेरै
रोगहरुमा प्रयोग गरिन्छ जस्तै पेटमा जुका परेमा, युरिक एसिड भएमा, शरिरमा भयको दूषित कीटाणुलाई हटाउन, सुगर रोगीहरुले, शरिरको कुनै भागहरुमा घाउ भयमा तितेपातीको पातहरु थिचेर पेस्ट वनाइ लागाइन्छ। तितेपातीको ताजा रस लगाउनाले लुतो निको हुन्छ। कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ। जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा पनी प्रयोग गर्न सकिन्छ।

Share:

Monday, 11 June 2018

 

benefits of tulsi तुलसीको फाइदाहरु


नेपाली नाम  :    तुलसी
English Name :    Basil
नेपालको जुनसुकै भूभागमा पनि सजिलै पाईने यो वनस्पति
जडिबुटीको लागी मात्र नभइ हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो। चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ| तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको
परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्। त्यस्तै विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मानीसका बिभिन्न कारणहरु खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन्। यस्ता विषाक्त खानाहरुला विष हटायत खान योग्य बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो। यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ। तुलसीले अजीर्ण,  अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो।
तुलसीको औषधीय गुणहरु
दिशामा रगत आएमा - १/२ चम्चा तुलसीको गेडा आधा ग्लास
पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।
धेरै दिशा लागेम - ८/१० वटा तुलसीको पातमा चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
आउँ/शुल परेमा  - १०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खान पर्दछ।
घाँटी बसेमा  -  घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
अल्काई भएमा  -  तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
बालतोड् घाऊ भएमा -  पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ। यसका साथै भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने जस्ता कामहरु तुलसीले गर्दछ।

Share: