Showing posts with label बोटबिरुवा. Show all posts
Showing posts with label बोटबिरुवा. Show all posts

Saturday, 14 September 2019

 

असुरोको औषधीय गुणहरू ||Life with herbs||


असुरो - परिचय
असुरो नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटो, बन जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउहरुमा पाइन्छ । असुरोको बुटा प्राय: १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको टुप्पा चोसो
परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ।
   असुरो सजिलै पाइने जडीबुटी हो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ। असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। जस्तै श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न, असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा
पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ। त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।
असुरोको औषधीय गुणहरू
रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ।
नोट : तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

Share:

Saturday, 15 December 2018

 

ल्वाङको फाइदाहरु-life with herbs


नेपाली नाम          : ल्वाङ
English Name  :  cloves

आयुर्वेदीक पद्दतीमा ल्वाङ निकै महत्व रहेको आयुर्वेदीक औषधी हो।
यसलाई विभिन रोगहरुको घरेलु उपचारमा प्रयोग गर्ने गरिन्छ साथै ल्वाङलाइ विभिन्न खालका औषधीहरु बनाउनको लागी पनी प्रयोग गर्ने गरिन्छ। यसलाइ जडिबुटीको रुपमा मात्र नभइ मसलाको रुपमा पनी प्रयोग गर्छौं। यसले खानाको स्वादलाई बढाउने काम गर्छ। ल्वाङमा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ। ल्वाङमा इजेनल नामक तत्व पाइन्छ। यसले सरिरमा गर्मी दिन्छ। यसले सर्दीको समस्या भयकाहरुलाइ राम्रो गर्ने गदर्छ। दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ खाने बानी गर्नाले पाचनक्रियामा समेत राहत दिन्छ। हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा ल्वाङ को उपयोग गर्न सकिन्छ। ल्वाङको सेवन गर्नाले एसिडिटीको समस्या भयकाहरुलाइ पनी ठिक हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत ल्वाङ सेवन गर्नु फाइदाजनक नै छ। त्यसैले समग्रमा यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ। ल्वाङ सेवनवाट हुने फाइदाहरु यसप्रकार रहेका छन्।

ल्वाङको औषधीय गुणहरु

-दुईतीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाइराख्दा सास गन्हाउने
समस्याबाट मुक्ति पाउन सकिन्छ।
-- एक चम्चा कागतीको रसमा 2/3 वटा ल्वाङ पिसेर त्यो मिश्रण दाँतमा लगाउदा दाँतको दुखाइ बिस्तारै ठिक हुन्छ।
-दुई तीनवटा ल्वाङलाई हल्का भुटेर मुखमा राखेर चुस्दा मुखको घाउ निको हुन्छ।
-तोरीको तेलमा केही ल्वाङलाई पिसेर मिसाउने र गर्धनको मसाज गर्दा गर्धन दुख्ने समस्या बाट मुक्ति मिल्छ।
-ल्वाङमा भिटामिन ए अधिक मात्रामा पाइने हुदा आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।
-10/12 वटा ल्वाङ एक लिटर पानीमा उमालेर मनतातो भइसकेपछि त्यो
पानी पिउदा रुघा र ज्वरो बिस्तारै ठिक हदै जान्छ।
-एक कप उमलिएको पानीमा दुइतिन वटा ल्वाङ पिसेर हाल्ने र पानी चिसो भएपछि पानी पिउदा ग्यासको समस्याबाट राहत पाउन सकिन्छ।
-दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ्ग खाने बानि गर्नाले पाचनमा समेत राहत दिनुका साथै सर्दीको समस्या समाधान गर्छ। साथै
--लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत,सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक लङ्गको सेवन फाइदाजनक छ । ल्वाङ्ग सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ। दैनिक ल्वाङ सेवन गर्नाले सरिर स्फुर्त हुन्छ।

Share:

Saturday, 1 December 2018

 

शिलाजीत-life with herbs


शिलाजीत / Shilajit

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो। गर्मीको
मौसममा हिमाल तथा पहाडमा रहेका ठूला ठूला पत्थरे ढुंगाको कापबाट धातुको अंश पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ। आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा पनी गरिएको छ र यसलाई जडीबुटीहरूको राजा पनी मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीतको महत्व रोगी ब्यक्ती हरुको लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि उत्तीकै महत्व छ । यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन। शिलाजीतको स्वाद तातो हुन्छ र सुक्दाखेरी गहुत/गोमत जस्तो गन्ध आउँछ। शिलाजीतको मुख्य उद्देश्य शरीरलाई
बल दिएर स्वस्थ
, शक्तिशाली र पुष्ट बनाउनु हो। शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ। उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।


शिलाजीतको औषधिय आयुर्वेदक गुणहरु
 - मधुमेहका विरामीले शिलाजीतको नियमीत सेवन गर्दा धेरै लाभ
गर्दछ।
-   - कुनैपनि पिसाव सम्वन्धी समस्याहरुमा शिलाजीतको प्रयोग गर्न सकिन्छ।
-   - बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोडीमा पनि शिलाजीतको प्रयोग गर्न सकिन्छ ।
-   - यौन दुर्बलता वा यौन क्षमता कमजोर छैन भने पनी शिलाजीतको सेवन गर्दा राम्रो नै हुन्छ। किनभने शिलाजीतको साइड इफेक्ट गर्दैन।

शिलाजीतको सेवन यस्तो अवस्थाहरुमा प्रयोग गर्नु हुदैन

-   - पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।
-   - शिलाजीतको सेवन गर्दा रातो खुर्सानी,  तातो खाना र पेयपदार्थ,  मसालेदार भोजन,  मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।


Share:

Saturday, 3 November 2018

 

मह कसरी सेवन गर्ने-life with herbs


मह Honey

नियमीत महको सेवनले शरिरमा धेरै किसीमका फाइदाहरु हुन्छ।
किनभने मौरीले विभिन्न वनस्पतिको परागसेचन बाट मह बनाउदछ। त्यसैले होला विज्ञहरु अलग अलग वनस्पती बाट प्राप्त भयको महको अलग अलग किसीमकै फाइदाहरु हुने बताउछन्। खेतवारी वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह राम्रो हुन्छ साथै वसन्त ऋतुमा पाइने वनस्पतिको परागबाट बनेको मह सबैभन्दा राम्रो हुने गर्दछ। महले सधैभरी राम्रो गर्दछ जति पनी जसरी पनी खान सकिन्छ भन्ने चाही कदापी होइन। हुनत कुनै पनी खानेकुराहरु चाहिने भन्दा वढि भयमा यसले नकरात्मक असर गर्ने गर्दछ। त्यस्तै महलाइ पनी चाहिने जती परिमाण मिलायर प्रयोग गर्न जानियन भने यस्ले पनी केहि हानी गर्दछ। महलाइ कसरी खाने कती खाने वा के सग खान हुन्छ र के सग मिसाइ खान हुदैन यस्को जानकारी निम्न अनुसार छ।

मह सेवन बाट हुने फाइदाहरु

- मह र कागतीको रस बराबर सेवन गर्नाले सुख्खा खोकि ठिक
  हुदै जान्छ।
- गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले  कब्जियतको समस्यालाइ राम्रो गर्दछ।
- अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सन्चो हुनुका साथै बाडुली लागेको पनी ठिक हुन्छ।
- बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग गर्नाले वान्दा रोकिन्छ।
- जोण्डीसको रोगिहरुलाई पाकेको आँपको रसमा मह मिसाएर खुवाउनाले लाभ हुन्छ।
- सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी सग पिउनाले हृदयमा शक्तिको संचार हुन्छ।
- मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउनाले त्वचा हटाउदै लैजान्छ।
- एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर जान्छ साथै शरिर पुष्ट र बलियो हुन्छ।
- मह र प्याजको रस बराबर मिसाएर चाट्नाले कफ निको हुन्छ।
- उच्च रक्तचापमा मह र लसुन मिसाइ सेवन गर्नु लाभप्रद हुन्छ।

महका साथ यि खानेकुराहरु खानु हुदैन।

- पानी वा दूधमा मह बराबर मात्रा मिलाइ खानु हानिकारक
हुन्छ।
- चिनी र मह मिसायर खानु विष सरह नै हुन्छ।
- माछा, मासुसित मह खानु विष सरह हुन्छ।
- घिउ तेल, र नौनीसित मह मिसाएर खानु विष समान हुन्छ।
- गर्मी वा घाममा धापिएर आएको बेला मह खाँदा हानि गर्दछ।
- मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हानीकारक हुन्छ।
- ज्वरो आयको बेला दूध, घिऊ र मह सेवन विषसमान हुन्छ।
- कसैले विष सेवन गरेको छ भने त्यस्तो बेला मह खुवाउँनु हुदैन। यस्तो अवस्थामा मह सेवन गरेमा विषको प्रभाव अझ बढेर मान्छेको ज्यानै जान सक्छ। त्यसैले मह सेवन गर्दा जानेर बझेर सेवन गरौ साथै आफुले जानेको कुरा अरुलाइ पनी जानकारी गराउदै जाउ।

Share:

Wednesday, 22 August 2018

 

सर्पगन्धाको औषधीय गुणहरु-benefit of Rauwolfia serpentina root (life with herbs)


नेपाली नाम   : सर्पगन्धा
अङ्ग्रेजी नाम : Rauwolfia serpentine root
कुनै पनी हानी रहित प्राकृतिक औषधीको रूपमा सर्पगन्धालाइ
प्रयोग गरिन्छ। सर्पगन्धा उष्ण प्रदेशिय वनस्पति हो र यो विरुवा प्राय गरी नेपालमा समुद्र सतह देखि 1200 मिटर सम्मको उचाई पाइन्छ। सर्पगन्धा पतझर विरुवा हो र बिशेषगरी यो ओसिलो अनी सालको जंगलहरुमा पाइन्छ। सर्पगन्धा नेपाल लगायत भारत, वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ। भारतमा मात्रै यसका ५ प्रजाति पाइन्छ। सर्पगन्धा नेपालमा तराई क्षेत्रमा बढि पाइन्छ। यो विरुवा साधारणतया 50 से.मी. देखी 1.5 मिटरसम्म उचाई भएको पाइन्छ। यसका पातहरू चिल्ला, लामा,

भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन/तीन वटा पातहरू निस्कीएका हुन्छन्। फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगको हुन्छन्। यसका फूलहरू चैत्रदेखि फुल्न शुरु गर्छन् र पौष सम्म फूल फुल्ने क्रम जारी रहन्छ। फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन्। फलको रंग पाकेपछि कालो हुन्छ। फल र बीउ चेप्टो गोलो हुन्छ। बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ। जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन्।

सर्पगन्धाको जरा नै जडिबुटीको लागी प्रयोगमा आउने मुख्य भाग हो। यस्को जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिय रसायनहरू धेरै रोगहरुको उपचारको लागी प्रयोगमा अइरहेको हुन्छ।

सर्पगन्धाको औषधिय गुणहरु  : यस जडीबुटीलाई प्रशोधन नगरी
उच्च रक्तचापको रोगमा प्रयोग गर्न सकिन्छ। यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ। साथै सर्पगन्धालाइ निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी हुन्छ।


Share:

Saturday, 11 August 2018

 

लोठ सल्ला-life with herbs


के हो लोठसल्ला ?
लोठ सल्ला नेपालमा निकै प्रचलित कोणधारी सदावहार वनस्पति हो। जव यो वनस्पतिबाट निस्कने
टेक्सोल taxol नै क्यान्सर रोग निको पार्नको लागी सहयोग पुर्याउने रासायनिक तत्व हन्छ भन्ने पत्ता लाग्यो तव यस्को महत्व अझ उकासिदै गयो। नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००३००० मीटर उचाई सम्मका जंगलहरूमा र काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ। लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने र हाँगा विँगा फैलिएको हुन्छ। यसको पात मसिनो, लाम्चो, चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी. मी. चौडा भएका हुन्छन्। यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला, साना, डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ। फल काँचोमा हरिया र पाके पछि राता हुन्छन्। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउको आधा भन्दा बढी भाग छोपेको हुन्छ। लोठसल्लाको काठमा हुने अति कडा विषको कारण यसको काठलाई धमिरा तथा सुक्ष्म जिवाणुले
विगार्न सक्दैन त्यसैले कुनैपनी निर्माण कार्यहरुमा यसको काठहरु प्रयोग गर्दा धेरै राम्रो हुन्छ साथै खहरे माथी साँघु हाल्न तथा ढिङ्ग्रो बनाउन पनि यस्को काठ प्रयोग गर्ने गरिन्छ। लोठ सल्लाको बिशेषता तव अत्याधिक मात्रामा बढ्यो जव यसमा विभिन्न प्रकारका अर्वुद रोग
Cancer निको पार्ने दुर्लभ रसायन रहेको पुष्टि भयो। यस वनस्पतिको वोक्रा तथा पातहरूवाट तयार पारिएको Taxol नामक Resin पदार्थ अर्बुद रोग Cancer नियन्त्रणको लागि अति नै उपयोगी हुने कुरा पत्ता लगी सकेको छ।


लोठ सल्लाको औषधिय गुणहरु :-  लोठ सल्लाको बोक्रा तथा पातहरु प्रशोधन गरि Taxol नामक Resin पदार्थको उत्पादन गरिन्छ त्यही Taxol नामक Resin पदार्थले नै छाती तथा पाठेघर क्यान्सरको उपचारमा प्रयोग गरिन्छ भने लोठसल्लाको काठमा हुने अति कडा विषको कारण यसको काठलाई धमिरा तथा सुक्ष्म जिवाणुले विगार्न सक्दैन त्यसैले कुनैपनी निर्माण कार्यहरुमा समेत यसको काठहरु प्रयोग गरीन्छ।

Share:

Saturday, 30 June 2018

 

दालचिनी र तेजपातको फाइदाहरु - Cinnamomum verum (life with herbs)


नेपाली नाम    : दालचिनी/तेजपात
English Name   : Cinnamomum verum
मुख्यतया दालचिनीलाइ नेपालमा मसलाको रुपमा प्रयोग गर्दै
आइरहेको पाइन्छ। तर यो मसलामात्र नभइ एक महत्वपुर्ण जडिबुटी पनी हो। नेपालमा समुद्री सतहबाट करिब करिब १०० मिटर देखि २,५०० मीटर सम्मको उचाइ क्षेत्रमा तेजपातको जंगल रहेको छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ| तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक असोजदेखि चैत्रसम्म रुखको हाँगाहरू भाँचेर
झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ। दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ।
दालचिनी/तेजपातको औषधिय गुणहरु
रुघाखोकीको ज्वरोमा :-  एक टुक्रा दालचिनी एक चिम्टी सुठोको
धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक मनतातो पानी बनाएर पिउने गरेमा ठिक हुन्छ ।
चिसोले कपाल दुखेमा :-   दालचिनी र मरिचको लेप बनाएर विहान वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
अल्काईको रोगमा  :-   दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
कोलस्टेरोल घटाउन  :-   दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।
दम खोकीमा  :-   आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
घाँटी बसेमा  :-   सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

Share:

Sunday, 17 June 2018

 

अमलाको फाइदाहरु - life with herbs


नेपाली नाम   :  अमला
English Name   :  Emblic myrobolon
अमला एउटा सानो पतझर रुख हो। यो बिरुवा चिसो ठाउहरुमा हुन
सक्दैन। यसलाइ बढ्न, फल्न र फुल्न को लागी घाम राम्रोसग लाग्ने पारीलो ठाउ चाहिन्छ। त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्रवैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुनितीर टम्म मिलेर फुल्दछन र फूलहरू वास्नादार,  हरिया तथा पहेंला रंगका हुन्छन्। यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ। अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ। यसलाई सुख्खा चुर्णको
रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ। आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन्। यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन्। यसको फल भिटामिन सिको मुख्य श्रोत मानिन्छ । लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ। असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ।
अमलाको औषधीय गुणहरु
अरुचि : दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका
खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ
कब्जियत : अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ। सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ।
स्वास गन्हाउने : अमलाको चूर्णले दाँत माझ्ने वा अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ। केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ।
चिलाउने समस्या : सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।
भिटामिन सीको कमी पूरा गर्न : अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सी को भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ।
कपालको चाया : हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।
आँखाको दृष्टिशक्ति बढाउन : अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ। साथै नियमित अमलाको सेवनले दिसा सफा गराउने, सुन्निएको कलेजो, ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ। अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता, कमलपित्तमा पनि उपयोगी मानिन्छ। सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ। यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ।
                                                                      साभार स्रोत : अनलाइन मिडीयाहरु

Share: