Friday 13 April 2018

 

आखे टिमुर (Zanthoxylum Alatum) - life with herbs

नेपाली नाम            : आखे टिमुर
English Name  : Zanthoxylum Alatum


परिचय : नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाइका खुला पाखो बारीहरुमा आखे टिमुर पाइन्छ। यस्को बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छ। आखे टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म पातहरु पलायेको हुन्छन भने पातहरु टुप्पा तीखो भयेको हुन्छ। आखे टिमुरको हरियो र केही पहेलो स-साना फुलहरु हुन्छन। यसबोटको फुलहरुमा भाले तथा पोथी दुबै फुलहरु पाइदैन भने झुप्पा परेको फुलहरु फुलको मुख्य हागा छोडी अर्को हागामा निस्केका हुन्छन। आखे टिमुरका फलहरु स-साना , राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने स्वादको हुन्छ।

यी फलहरु बाट वास्ना पनि आउदछ। र येस्को फल पुर्ण रुपमा पाकीसकेपछी गोलो र रातो रङ्गको हुन्छ भने धेरै पकेमा फल फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ। 


आखे टिमुरको उपयोगिता : प्राय नेपालमा आखे टिमुरको प्रयोग मसलाको रुपमा उपभोग गरिन्छ। विशेष गरि सिस्नो को तरकारी , अचार, च्याउको परीकारहरु, आदिमा यो टिमुरको प्रयोग अनिवार्य जस्तै हुन्छ भने जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि धेरै काममा आखे टिमुरको प्रयोग गरिन्छ। साथै येसको फल बोक्रा फुल बीउ सबै लाई दन्तमन्जन , साबुन, अत्तर आदि बनाउन को लागि पनि प्रयोग गरिन्छ

औषधिय गुणहरु : धेरै रोगहरुमा आखेटिमुरलाइ औसधिको रुपमा प्रयो गर्न सकिन्छ। आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा, तागत दिने, जस्ता अबस्था हरुमा आखेटिमुरको प्रयोग गरिन्छ।

Share:

1 comment:

  1. जानकारी को लागि धन्यवाद,,,

    ReplyDelete