Saturday 21 April 2018

 

Paris Polyphylla -सतुवा (life with herbs)

नेपाली नाम         : सतुवा
English Name : Paris Polyphylla

सतुवा बहुपयोगी जडीबुटी हो। यसलाई गाउघारमा धेरै रोग हरुको औसधि को रुपमा प्रयोग गरीन्छ। सतुवा नेपालको महाभारत तथा हिमाली क्षेत्रमा करीब १५०० मिटर देखि ३५०० मिटर सम्मको उचाइमा पाउन सकिन्छ। विशेषगरि गोब्रे सल्ला, खर्स्रु आदि रुखहरु भयेको जङ्गलमा पाउन सकिन्छ। साथै सतुवा केही ओसीलो जमिन भयेको ठाउहरुमा पनी पाउन सकिन्छ।यो बिरुवा सामान्य तया आधा मिटर आग्लो सम्मको हुन्छ भने सुरीलो डाठको माथिल्लो भागमा पातहरु पलायेको हुन्छ। एउटा वयस्क बिरुवाको माथिल्लो भागमा सात वटा पातहरु एउटै छत्र बनाइ बसेका हुन्छन तेसैले
यो बिरुवाको नाम पनि सतुवा रहन गयेको हो। प्रत्येक पातहरु करीब करीब १५ सेन्टीमिटर लामो र चौडाइ ६ सेन्टीमिटर को हुन्छन साथै पातहरुको टुप्पा केही चोसो परेको हुन्छ।


सतुवाको टुप्पोमा एउटै मात्र फुल हुन्छ। फुलको तरेलीहरु हरियो र पहेलो रङ्गको हुन् भने भाले र पोथी दुबै अङ्ग एउटै फुलमा पाइन्छ। यसै फुल बाटनै फल र बीउ बन्दछ। सतुवाको कान्ड जमिन मुनि हुन्छ भने यसको आकार लगभग अदुवाको जस्तो हुन्छ तर अदुवा जस्तो ठूलो र मोटो खाल्को भने हुदैन। प्रत्येक बर्ष यो कान्ड थपिदै जान्छ र कान्ड लामो हुन्छ। सतुवाको मुख्या जडिबुटी को लागि प्रयोग गरीने भाग नै येही जमिन मुनिको कान्ड हो।

सतुवाको औसधिय गुणहरु : सतुवालाइ गाउघर तिर धेरै रोगहरुमा प्रयोग
गरीन्छ। जस्तै :- पेट दुखेमा सतुवा खादा छिट्टै ठिक हुन्छ, पाकेको घाउमा सतुवालाई ढुङ्गामा पानी सङ घोटेर लगाये घाउ छिटै निको हुन्छ, बान्ता भयेमा, पखला लागेमा, शरीर मा कुनै कारण बस विष सेवन भयेमा, तेस्तै धतुरो तथा रक्सीको नसा हटाउन जस्ता अबस्था हरुमा सतुवाको प्रयोग गरीन्छ।

Share:

0 comments:

Post a Comment