नेपाली नाम : पदमचाल
English Name : Rheum
पदमचालको विरुवा काण्डका टुक्राहरु बाट अथवा बिउबाट उमारीन्छ। यो
पदमचालको बिरुवा सार्न भन्दा पहिला जहाँ सारिन्छ त्यो ठाउमा राम्रो सङ मलजल गरेर मात्र लगाइन्छ। हुनत नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेग हरुमा आफै उम्रियका पदमचालहरु पाइन्छन। पदमचाल विशेष गरि फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। येसको बिरुवा साधरणतया एक देखि दुई मिटर सम्मको अग्लो हुन्छ। येस्को जरा र जमिन मुनि हुने कान्ड कसियेको गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ। यसबाट सुघन्धित वास्ना पनि आउँछ।पदमचालको स्वाद पिरो, टर्राे, र केही अमिलो हुन्छ। जमिन बाटै पलायेर आयेको पदमचालको पातहरु भने डाठ सगै हुन्छन। माथिल्लो भागहरुमा भयेको पातहरु तल्लो पातहरु भन्दा सानो हुन्छ। पात हरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन। पदमचालको फुलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेगका जिल्ला हरु दोलखा, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, रुकुम, बागलुङ आदि जिल्ला हरुमा पाइन्छ।
पदमचालको औसधिए गुणहरु : पदमचालको कान्ड र जरा दुबै औसधि
को रुपमा प्रयोग गर्न सकिन्छ। जस्तै कब्जियत, पखला लागेको, तागत दिने जस्ता रोगहरुमा पदमचाल को सेवन गरिन्छ भने सुन्नियेको, मर्केको, भाचियेको जस्ता अबस्था हरुमा पदमचालको गाना कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरीन्छ।
0 comments:
Post a Comment