Friday 11 May 2018

 

पानी अमला -life with herbs

पानी अमला

       नेपालको २००० मिटरको उचाइ सेरोफेरोको झाडी जङ्गलहरुमा
पाइने पानी अमला लाई भुइ अमला पनि भन्ने गरीन्छ। यो पानी अमला मानव जिबनको लागि निकै उपयोगी जडिबुटीको रुपमा लिन सकिन्छ। यसको बाहिरी भाग पत्र पत्र परेर बनेको स-साना पातहरु संगै बनेको हुन्छ। यसको उचाइ साधरणतया आधा मिटर सम्मको हुन्छ। नेपालको पर्वत, म्याग्दी, बागलुङ लगायेतका साथै अन्य यहि सेरोफेरो का जङ्गल हरुमा सजिलै पाउन सकिन्छ। पानी
अमलाको फल भने जमिन मुनि साना साना दानाहरुको रुपमा र केही हल्का झुस हरुले छोपियेको अबस्थामा हुन्छ। नया फलहरु सेतो र केही टल्कीने अबस्थामा हुन्छ भने पुराना फलहरु खैरो/कालो अवस्था मा हुन्छन। पानी अमलाको फल खादा टर्राे हल्का गुलियो र धेरै पानी रहेको हुन्छ।

पानी अमलाको औसधिय गुणहरु : पानी अमलालाई धेरै रोग हरुमा
जडिबुटीको रुपमा प्रयोग गर्न सकिन्छ जस्तै जन्डिस भएमा पानी अमला को पुरै भागलाई (पात,कान्ड,जरा,फल) राम्रो सग पिधेर एक/एक चिया चम्चाको दरले मिश्री पानी सग मिसायर एक महिना सम्म पिउदा ठिक हुन्छ। त्यस्तै पानी अमलाको फल नियमीत सेवन गर्नाले मधुमेह रोगलाई राम्रो गर्दछ। साथै पनीको प्यास मेट्नको लागि पनि पानी अमला खाने गरीन्छ।
Share:

4 comments:

  1. Replies
    1. Scientific name: Phyllanthus acidus

      Common name: Country gooseberry

      Delete
  2. Scientific name: Phyllanthus acidus

    Common name: Country gooseberry

    ReplyDelete