Saturday 19 May 2018

 

टुकी फुल (Dandelion) - life with herbs

नेपाली नाम :-        टुकी फुल
English name:- Dandelion
      हाम्रो भेगहरुमा पाटाको डिल, कान्ला, चउर तिर सजिलै पाइने टुकी
फुलको वारेमा साहेद धेरैलाइ थाहा छैनहोला। यो धेरै गुणहरु भयको धेरै रोगहरु निको पार्ने सक्ने एक जडिबुटी हो र यो पाथ्रा वर्गमा पर्दछ। हुनत यो हेर्दा राम्रो र आर्कसक फुल जस्तो देखिन्छ तर यो फुल मात्र नभइ महत्वपुर्ण जडिबुटी पनी हो। बिषेश गरी टुकी फुलमा भिटामीन ए, भिटामीन सी, आइरन, क्यल्सियम जस्ता तत्वहरु पाइन्छन्। टुकीफुल फागुन चैत तिर नया पालुवाको रुपमा जमिन बाट निस्किन्छ र वैषाख जेठको समयमा फुल्दछ योसको फुल पहेलो रङको हुन्छ भने फुल फुलीसके पछि यो बिस्तारै भुवामा परिणत हुन्छ भने भुवासगै स-साना बिजहरु पनी हुन्छन र त्यो भुवासगै बिजहरुपनी हावाको माध्यमबाट एक ठाउबाट अर्को ठाउहरुमा फैलिन जान्छ।
 टुकी फुलको जरा, पात, काण्ड, फुल, बिज पुरै भागहरु दपाइको रुपमा
प्रयोग गर्न सकिन्छ। यस्को स्वाद हल्का तितो/टर्रो अनी गल्लो खालको हुन्छ। स्वाद जस्तोसुकै भयपनी यसको गुणहरु बहुरुपी छ। टुकी फुलको गुण तथा फइदाका कुराहरुलाइ मानव जिवनसग जोड्न सकियो भने यस्ले पक्कै पनी निरोगी भयर बाच्न धेरै सहयोग गर्ने छ। जडिबुटी वा दबाइको रुपमा प्रयोग गर्दा टुकीफुल लाइ राम्रो सग पखाली थिचेर वा सिलाउटो/ओखलमा पिसी पानी सग मिसाइ जुसको रुपमा पिउन सकिन्छ।
टुकी फुलका औषधिय गुणहरु :- टुकी फुललाइ धेरै रोगहरुमा जडिबुटीको
रुपमा प्रयोग गर्न सकिन्छ जस्तै कलेजोका रोग, दिर्घ खालको हेपटाइटीस, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोल्ने वा पिसाव फेर्दा अफ्ठ्यारो हुने, कुष्ठरोग, वाथ, अपज, कब्जियत, पेट दुखेको, पेटमा जुका परेको, रगद सफा गर्न जस्ता धेरै रोगहरुमा टुकीफुल लाइ प्रयोग गर्न सकिन्छ। त्यस्तै कलेजोको टनीक, कलेजो र फियो मा सामान्य़ खरावी, भोग जगाउन, जोर्नी कडा भइ चलाउन गाह्रो हुने, निद्रा नलाग्ने, जन्डिस/कमलपित्त, जस्ता रोगहरुमा टुकी फुलको प्रयोग गर्न सकिन्छ। मुटु रोगीहरुले टुकी फुलको चिया बनाइ सेवन गर्नाले फाइदा गर्दछ।

Share:

0 comments:

Post a Comment