Saturday 26 May 2018

 

डालेचुक Sea buckthorn - life with herbs


नेपाली नाम   : डालेचुक, चिची, तोरा, ताराचुक, तार्पू
English Name   : Sea buckthorn
नेपालको प्राय हिमाली जिल्लाहरुमा पाइने डालेचुक समुद्री सतहबाट करीब
करीब एक हजार आठ सय मिटरदेखि चार हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ। सामान्यता डालेचुकको बोट औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्म मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक तोरा (होचा प्रजाति/Hippophae tibetana Schlecht ) र डालेचुक चिची (अग्लो प्रजाति/Hippophae salicifolia D.Don) गरी दुई प्रजाति मात्र पाइन्छ। विशेष गरी नेपालका हिमाली जिल्लाहरु दार्चुला, बझाङ, बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि जिल्लाहरुमा पाइन्छ। डालेचुकलाइ बिभिन्न फरक फरक भाषामा पनी
नामाकरन गरियको पाइन्छ जस्तै गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवालीमा तरु, बागलुङ तिर बसोवास गर्ने मान्छेहरुले अमिली र शेर्पा भाषामा तर्बु नामले पनी चिनीन्छ। डालेचुकको फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल पनी भन्ने गरेको पाइन्छ। डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महìवपूर्ण र जीवनोपयोगी हुन्छन्। यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ। त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ। अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ।
डालेचुकको औषधिय गुणहरु : डालेचुकलाइ बिभिन्न धेरै रोगहरुमा
जडिबुटीको रुपमा प्रयोग गर्ने सकिन्छ जस्तै रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ। साथै यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तत्व पाइने हुँदा यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम, चिया आदि विविध थरिका सामानहरू बनाएर पनी उपयोग गरेको पाइन्छ।


Share:

0 comments:

Post a Comment