Monday 28 May 2018

 

benefit of garlic - लसुनको फाइदाहरु- life with herbs


नेपाली नाम    : लसुन
English Name  : Garlic

बिषेश गरी नेपालमा लसुनलाइ मसलाको रुपमा दैनीक तरकारी सग
प्रयोग गरिन्छ। तर यो तरकारीलाइ स्वाद दिने मसलाको मात्र नभइ धेरै रोगहरु निको पार्ने औषधीय गुणहरु पनी रहेको हुन्छ। लसुन जमिनमुनी पोटीहरु मिलेर बनेको हुन्छ र यही पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। पोटिहरू काँचो वा पकाएर खाइन्छ भने यसलाइ औषधिको रूपमा पनी प्रयोग गरिन्छ। लसुनको पात, जमिनमुनि रहेको काण्ड (पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा
एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ। लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । त्यसैले कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन निकै फाइदाजनक हुन्छ।
लसुनको औषधीय गुणहरु
घाँटी बसेमा :-  एक/दुई पोटी लसुन चपाएर मन तातो पानीसग निलेमा
पनि घाँटी बसेको दुई/तीन मात्रामै ठीक हुन्छ ।
कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा :-   ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ
दाद आएमा :- घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
काला ज्वरो आएमा :- दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ।
त्यस्तै जोर्नीको दुखाई कम गर्न, रगतको कोलेस्टेरोलको मात्रा बराबर राख्न, साथै नशाभित्र रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ कनकी यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ

Share:

0 comments:

Post a Comment