Thursday 31 May 2018

 

बोझो - Sweet Flag (life with herbs)

नेपाली नाम    : बोझो
English Name  : sweet flag
बोझो नेपालको समुद्री सतह देखी लगभग २,००० मीटर उचाईसम्म
अलि दलदल परेका ठाउँहरुमा र खास गरी हिमाली भेकका नदी, खोलानालातिर पाइन्छ भने तराइमा पनी पाइन्छ। यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलायर आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ। यसको स्वाद अलि परपराउने, पीरो र तीतो अनि तर वास्ना भने सुगन्धित मिश्रण खाल्को हुन्छ त्यसैले बोझोलाइ अङ्ग्रेजीमा sweet flag भनिन्छ| बोझोको पात जमीन मुनि रहेको काण्डबाट पलायर आएको हुन्छ। पात ५ देखि ४० से.मी. लामो र १ देखि ३ से. मी . चौडा भै टुप्पो तीखो भएको हुन्छ भने काण्ड जमिनमुनी रहन्छ। यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ।
यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ। काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन्। यसको वासना सुगन्धित र स्वाद अलि परपराउने
, पीरो र तीतो हुन्छ। यो जडीबुटी रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ। हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ। संकलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ। यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ। प्रत्येक एक एकड जमीनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ। यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ। राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ। सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ।

बोझोको औषधिय गुणहरु :- बोझोलाइ धेरै रोगहरुमा जडिबुटीको
रुपमा प्रयोग गर्न सकिन्छ। जस्तै घाटि बसेको निको पार्न, भोक जगाउन, पिनासको उपचार गर्न, ग्रन्थी, बाथ, ज्वरो, शुल, कफदोष आदी रोगहरुमा बोझोको काण्डलाइ प्रयोग गरिन्छ। त्यस्तै पिसाब र दिसा लगाउन र उल्टी गराउन, पीडा कम गर्न, रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्न, साथै पेट दुखाइ कम गर्न पनि बोझोको प्रयोग गरिन्छ ।
Share:

0 comments:

Post a Comment