Thursday 7 June 2018

 

Caterpillar Fungus यार्सागुम्बा- life with herbs


नेपाली नाम      : यार्सागुम्बा
English Name       : Caterpillar fungus
यार्सागुम्बा नेपालमा मात्र होइन तिब्बतको हिमाली भागहरुमा समेत
पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ। यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ। जसमा 'यार'को अर्थ बर्षा, 'सा' को अर्थ घाँस र 'कुन्भु' को अर्थ हिउँदे किरा अर्थात बर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ। यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ। हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न
थाल्छन। सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ। यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ। जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ। विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ। नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्यपनि थिएन। अहिले यसको मुल्य प्रतिकिलो दुईलाख सम्म पर्ने गरेको छ। अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्ड Yellow Living Gold का रुपमा समेत पहिचान दिन थालिएको छ।
यार्सा गुम्बाको औषधिय गुणहरु :-    यसलाई यौनशक्तिबर्धक
औषधीको रुपमा मात्र नभइ अरु धेरै रोगहरुमा समेत प्रयोगमा अइरहेको पाइन्छ। जस्तै खोकी, दम, क्षयरोग, बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड, डिम्बाशयको खराबी, कमलपित्त, जन्डिसमा जस्ता रोगहरुमा यार्सा गुम्बाको प्रयोग गरिन्छ साथै पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खान सकिन्छ। त्यस्तै स्नायु सम्बन्धी रोग, अनिद्रा, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोगमा, कोलेष्ट्रोल घटाउन, रोग प्रतिरोधक क्षमता बढाउन यार्सागुम्बाको प्रयोग गरिन्छ।


Share:

0 comments:

Post a Comment