Friday, 23 March 2018

 

पाषाणभेद / Bergenia ciliata

जगत    : वनस्पती
बैज्ञानीक नाम : Bergenia ciliata

नेपालमा पाइने जडिबुटीहरु मध्येको एक महत्वपुर्ण र निकै उपयोगी जडिबुटी हो पाषाणभेद। धेरै औषधीय गुण भएको यो जडिबुटी नेपालको उच्च पाहाडी (2500 मिटरभन्दा माथि) भागहरुमा पाइन्छ। गाउँघरमा यसलाई पाखनभेद, , जन्ती फूल, सिम्पाटी, ठूलो ओखतसेलपारू जस्ता धेरै नामहरुले पनि चिन्ने गरिन्छ। पाषाणभेदले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ यसैले यस्को नामनै पाषाणभेद अर्थात चट्टान फोरेर बाहिर निस्कीने वनस्पती हो। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। सबैभन्दा उच्च क्षेत्रमा (2500 मिटरभन्दा माथि) पाइने यो पाषाणभेदको वैज्ञानिक नाम 'बर्जिनिया पर्पुरासेन्स' हो। बिशेसत पाषाणभेदको जरा खोकी, ज्वरो, पखाला आदि रोगमा प्रयोग हुने जडीबुटी हो। साथै सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन यसको अधिक प्रयोग गरिन्छ।

पाषाणभेदलाइ औषधीको रुपमा प्रयोग गर्न सकिने अवस्थाहरु जस्तै पिसाव नली वा मृगौलामा पथ्थरी भयमा, पखाला, आउँ परेको, पेटमा जुका परेको, मूत्ररोग, योनीरोग, जीउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा, यौनशक्ति बढाउन, रगत बगेको रोक्न, पिसाव लगाउन, खानेकुरा पचाउन, मांशपेसी दरिलो पार्नको लागि यसको काण्ड (गानो) उपयोगी छ



प्रयोग गर्ने विधी : उल्लेखित कनै साररीक कम्जोरीहरु भयमा पाषाणभेदको जरालाइ सफा गरी वा पहिला सुकायर राखेको जरालाइ सफा पानीमा भिजायर जुसको रुपमा प्रयोग गर्न सकिन्छ। अथवा यसको जरालाइ पिसेर वा घोटेर धुलो बनाइ दिनको एक/एक चिया चम्चाको दरले सफा पानीमा भिजाइ यसको पानी जुसको रुपमा पिउन सकिन्छ ।
Share:

0 comments:

Post a Comment