नेपाली नाम: चिराइतो
English Name : Swertia

चिराइतो। यो विशेष गरि नेपालको १२०० मिटर देखि ३००० मिटर सम्मको अली चिसो खुल्ला चौर तिर सजिलै पाउन सकिन्छ। चिराइतो १ देखि १.५ मिटर सम्मको अग्लो हुन्छ। यस्को हरेक अाँख्ला हरुमा दुबैतिर पात र हागा फैलियेको हुन्छ। यहि हागाहरुबाट फुल
फुल्दछ र बीउ उत्पादन हुन्छ। चिराइतोको संकलन कार्तिक मंसिर तिर गरिन्छ भने बीउ जमाउने काम पनि कार्तिक मंसिर मा नै गरिन्छ। चिराइतोको हागा पात डाठ देखि लियेर येस्को जरालाइ समेत औसधिको लागि प्रयोग गरिन्छ। येस्को स्वाद निक्कै तितो हुने गर्दछ तेसैले गाउघार तिर बोलीचालीको भाषा मा चिराइतोलाइ तिते नामले पनि चिनीन्छ।
English Name : Swertia

नेपालको उच्च पहाडी भेगहरुमा सजिलै पाइने र धेरै औसधिय गुणहरु भएको एक लोकप्रिय जडिबुटी हो
चिराइतो। यो विशेष गरि नेपालको १२०० मिटर देखि ३००० मिटर सम्मको अली चिसो खुल्ला चौर तिर सजिलै पाउन सकिन्छ। चिराइतो १ देखि १.५ मिटर सम्मको अग्लो हुन्छ। यस्को हरेक अाँख्ला हरुमा दुबैतिर पात र हागा फैलियेको हुन्छ। यहि हागाहरुबाट फुल
चिराइतोको औषधिय गुणहरु
ज्वोरो (Fever) : एक गिलास मनतातो पानी मा चिराइतो को डाठ, पात, जरा सबै मिलायेर १ घन्टा भिजायेर राख्नुस अनि यो पानीलाइ छानी आधा/आधा कपको दरले बिहान दिउसो र बेलुकी पिउनाले ज्वरो ठिक हुन्छ।
मलेरिया (Malaria) : चिराइतो को रस र सुन्तला को रस मिलायेर दिनमा तीन पटक रोगीलाइ पिलाउनाले आराम हुनको साथै रोग निको हुँदै जान्छ।
सुगर (Swelling) : चिराइतो र सुकायेको अदुवा लाई मिलायेर धुलो बनाइ दिनमा तीन पटक एक/एक गिलासको दरले जुस बनाइ पिउदा सुगर रोग निको हुँदै जान्छ।
त्वाचा सम्बन्धी रोग (Skain Problems) : बेलुकी सुत्ने समयेमा चिराइतोको पातलाई पानीमा भिजाइ बिहान उठेर पिउनाले रगत सफा हुन्छ र छाला सम्बन्धि रोगहरु निको हुँदै जान्छ
टाइफाइ ज्वरो (Typhus Fever) : चिराइतोको रसलाई पानी सग मिलाइ वा दुधमा मिलाइ दिनमा एक/एक चिया कपको दरले तीन पटक पिउनाले टाइफाइ ज्वरो ठिक हुँदै जान्छ।
अन्य रोगहरु (Other Disease) : येस्तै अरु धेरै रोगहरुमा समेत चिराइतो को प्रयोग गर्न सकिन्छ जस्तै: झाडापखला, पेटको किरा मार्न,अपज,दम,रक्तबिकार,पिसाब सम्बन्धी रोगहरु,खोकी,कब्जियेत,अरुची,कम्जोरी,मधुमेह। येस्ता रोगहरा चिराइतोको प्रयोग धेरै उपयोगी मानिन्छ।

0 comments:
Post a Comment